तिम्रो मनमा लुकेको………

तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो
माया त माया हो

सम्झना छेक्छ एकान्तमा निद्रामा सपना भई
बतास गाउँछ मोहनी गीत मायाको कथा भई
बिर्सन खोज्छु बाडुली लाग्छ मन यो चञ्चल भई
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो
माया त माया हो

वारि र पारि दुई किनार माझ यो खोला बग्दछ
तिम्रो र मेरो दुई मुटु माझ यो माया अल्झेछ
खोला भएर जहाँ बगे पनि किनार झैँ साथ रहनेछु
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो
माया त माया हो

जन्म हे जन्म पुनर्जन्म म फेरि जन्मुँला
जन्म हे जन्म पुनर्जन्म म पनि जन्मुँला
म तिम्रो लागि
म तिम्रो लागि फेरि जनम लिऊँला
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो
माया त माया हो
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो
माया त माया हो

शब्दः कुसुम गजमेर
सङ्गीतः रञ्जीत गजमेर
स्वरः नारायण गोपाल र आशा भोसले
चलचित्रः चिनो

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!