तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो
माया त माया हो
सम्झना छेक्छ एकान्तमा निद्रामा सपना भई
बतास गाउँछ मोहनी गीत मायाको कथा भई
बिर्सन खोज्छु बाडुली लाग्छ मन यो चञ्चल भई
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो
माया त माया हो
वारि र पारि दुई किनार माझ यो खोला बग्दछ
तिम्रो र मेरो दुई मुटु माझ यो माया अल्झेछ
खोला भएर जहाँ बगे पनि किनार झैँ साथ रहनेछु
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो
माया त माया हो
जन्म हे जन्म पुनर्जन्म म फेरि जन्मुँला
जन्म हे जन्म पुनर्जन्म म पनि जन्मुँला
म तिम्रो लागि
म तिम्रो लागि फेरि जनम लिऊँला
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो
माया त माया हो
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो
माया त माया हो
शब्दः कुसुम गजमेर
सङ्गीतः रञ्जीत गजमेर
स्वरः नारायण गोपाल र आशा भोसले
चलचित्रः चिनो