तिम्रो जीवन मेरो लागि वसन्तको लाली जस्तो

मेरो यौवन तिम्रो लागि
मेरो यौवन तिम्रो लागि गुनकेसरी फूल जस्तो
गुनकेसरी फूल जस्तो
तिम्रो जीवन मेरो लागि वसन्तको लाली जस्तो
क्षितिजको ध्रुवतारा मेरो लागी पर्खिदिन्छ

गोधूलीको निसानीमा मेरो माया हाँसिदिन्छ
मेरो माया हाँसिदिन्छ
तिम्रो जीवन मेरो लागि वसन्तको लाली जस्तो
मेरो लागि आँखाहरू सागर बनी पर्खिदिन्छ
मेरो लागि आँखाहरू सागर बनी पर्खिदिन्छ
धर्तीमा फूल पनि मेरो लागि फुलिदिन्छ
मेरो लागि फुलिदिन्छ
तिम्रो जीवन मेरो लागि वसन्तको लाली जस्तो
मेरो यौवन तिम्रो लागि गुनकेसरी फूल जस्तो
गुनकेसरी फूल जस्तो
तिम्रो जीवन मेरो लागि वसन्तको लाली जस्तो
शब्दः
संगीतः
स्वरः मीरा राणा