तिम्रो हाम्रो भेट हुने यो सिलसिला नटुङ्गियोस्
जून लजाइ लजाइ झुकोस्
फूल पातभित्र लुकोस्
चिसो रात गहिरिँदै अझै सुनसान होस्
दुनियाँको आँखा पर्ने पापी बिहान उदय नहोस्
तिम्रो हाम्रो भेट हुने यो सिलसिला नटुङ्गियोस्
रिस गर्ने रिसाइ रहुन्, चियो गर्ने चियाइरहुन्
कुरा काट्ने काटिरहुन्, हल्लै हल्ला चलाइरहुन्
भोलि देख्ने कोही छैन
जे हुनु छ आजै होस्
हामी दुईको मनको तिर्खा नमेटियोस्, बहिरहोस्
तिम्रो हाम्रो भेट हुने यो सिलसिला नटुङ्गियोस्
फूलको थुङ्गा थुङ्गाभरि प्रितको बास्ना चलिरहोस्
दियोसरि ज्योति छरी हाम्रै मुस्कान बलिरहोस्
माया फुल्ने हिमचुली अझै अग्ली अग्ली रहोस्
झरनामा पानी हैन हाम्रै माया बगिरहोस्
तिम्रो हाम्रो भेट हुने यो सिलसिला नटुङ्गियोस्
जून लजाइ लजाइ झुकोस्
फूल पातभित्र लुकोस्
चिसो रात गहिरिँदै अझै सुनसान होस्
दुनियाँको आँखा पर्ने पापी बिहान उदय नहोस्
तिम्रो हाम्रो भेट हुने यो सिलसिला नटुङ्गियोस्
शब्दः
सङ्गीतः
स्वरः रबिन शर्मा