तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ
त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ
यो सपनालाई तिमी
यो सपनालाई तिमी किनार समाउन देऊ
तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
कति तृष्णा छन् यहाँ प्यासमा सुकेका
कति नदी तिम्रो गहिराइमा डुबेका
त्यही गहिराइमा कति आँधी चल्छ
हरेक वर्ष हिमाल तिमीभित्र गल्छ
मेरो मायालाई गहिराइ तर्न देऊ
मेरो ढुकढुकी तिमीभित्र सर्न देऊ
तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ
कति नाउ छन् यहाँ धारमा बसेका
कति जिन्दगी भुमरीमा फसेका
प्रणय आशमा कति दीप बल्छ
हरेक साँझ एकदिन सागरभित्र ढल्छ
मेरो दीप एउटा तिमी बल्न देऊ
मेरो नाउ एउटा लहरमा चल्न देऊ
तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ
पौडिरहेछ
पौडिरहेछ
शब्दः यादव खरेल
सङ्गीतः शम्भुजीत बास्कोटा
स्वरः प्रकाश श्रेष्ठ र आशा भोसले
चलचित्रः चेलीबेटी