तिम्रै यादमा कल्पी कल्पी छेउ भिज्यो सिरानिको
छट्पटीमा कोल्टे फेर्दै भाले बास्यो बिहानीको
तिम्रै यादमा कल्पी कल्पी
वाचाहरू पहिरो जस्तै भताभुङ्ग हुँदा
आशाहरू मुख छोपी कहाँलिदै रुँदा
वाचाहरू पहिरो जस्तै भताभुङ्ग हुँदा
आशाहरू मुख छोपी कहाँलिदै रुँदा
कसो गरी निदाउनु सारा बहहरू पाली
खई कसरी सुत्न सक्नु मीठो सपना सिरानमा लिई
त्यसैले त रोए खुशी आज राती डाँको छाडी
तिम्रै यादमा कल्पी कल्पी
जता फर्क्यो ओछ्यानमा आइरहन्छ झल्को
मायालुको सम्झनालाई धान्न भो चर्को
जता फर्क्यो ओछ्यानमा आइरहन्छ झल्को
मायालुको सम्झनालाई धान्न भो चर्को
यो छातीमा हाम्रो मिलन ज्वालासरि दन्किरह्यो
हाम्रो नाता मुटुभित्र घरिघरि दुखिरह्यो
कसो गरी घटाउनु परेली यो भिजिरह्यो
तिम्रै यादमा कल्पी कल्पी छेउ भिज्यो सिरानिको
छट्पटीमा कोल्टे फेर्दै भाले बास्यो बिहानीको
तिम्रै यादमा कल्पी कल्पी
शब्दः रमण घिमिरे
संगीतः मदन दिप्बिम
स्वरः ममता दिप्बिम