तिम्रा आँशु झरे किन हो मन दुख्ने गर्छ
तिम्रा आँशु झरे किन हो मन दुख्ने गर्छ
सुकोमल मेरा सारा रहर अन्तै लुक्ने गर्छ
तिम्रा आँशु झरे
मेरो मनमा जस्तै पहाड तिम्रो ढल्छ ढल्दैन
कतै आकाशले थिचे जस्तो हुन्छ हुँदैन
मेरो मनमा जस्तै पहाड तिम्रो ढल्छ ढल्दैन
कतै आकाशले थिचे जस्तो हुन्छ हुँदैन
तिमी नहुँदा मन खहरे मेरो ठप्प सुक्ने गर्छ
तिम्रा आँशु झरे किन हो मन दुख्ने गर्छ
तिम्रो अघि पस्किदिन्छु हृदयका चोटहरू
दैव हैन मान्छे हुँ म खोजे पाइन्छ खोटहरू
तिम्रो अघि पस्किदिन्छु हृदयका चोटहरू
दैव हैन मान्छे हुँ म खोजे पाइँन्छ खोटहरू
केवल तिम्रो नाम सामु यो शिर सधैँ झुक्ने गर्छ
तिम्रा आँशु झरे किन हो मन दुख्ने गर्छ
सुकोमल मेरा सारा रहर अन्तै लुक्ने गर्छ
तिम्रा आँशु झरे
शब्दः लक्ष्मण राई
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल