प्रकृतिको खानी दाजै सधैँ हराभरा
हिमालको काखमा छ हाम्रो पोखरा
तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल
तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल
हो मेरो दिलको हाल
हो मेरो दिलको हाल
प्रकृतिको खानी दाजै सधैँ हराभरा
हिमालको काखमा छ हाम्रो पोखरा
खुट्टाले खेलाउँदै पानी, तिम्रो काख सिरानी
खुट्टाले खेलाउँदै पानी, तिम्रो काख सिरानी
पछ्यौरीले घाम छेकी तिमी मुस्काएकी
पछ्यौरीले घाम छेकी तिमी मुस्काएकी
मेरी रानी, मेरी रानी
बादलमा आँखा छोप्छ माछापुछ्रे हिमाल
देखिकन भत्किएका सञ्कोचका पर्खाल
तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल
हो मेरो दिलको हाल
हो मेरो दिलको हाल
प्रकृतिको खानी दाजै सधैँ हराभरा
हिमालको काखमा छ हाम्रो पोखरा
पहाडभरिको हरियो वन मन्द चल्ने पवन
पहाडभरिको हरियो वन मन्द चल्ने पवन
मुहारमा दिव्य कान्ति मनभित्र रहिरह्यो
मुहारमा दिव्य कान्ति मनभित्र रहिरह्यो
हो हो शान्ति, हो हो शान्ति
फिक्का गुलाबी अधर, गाला रगतझैँ लाल
उस्तै छ मेरो हृदय गति र डुङ्गाको चाल
तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल
हो मेरो दिलको हाल
हो मेरो दिलको हाल
प्रकृतिको खानी दाजै सधैँ हराभरा
हिमालको काखमा छ हाम्रो पोखरा
शब्दः नीर शाह
संगीतः शम्भुजीत बास्कोटा
स्वरः प्रकाश श्रेष्ठ