तिमीले त्यो लाएको फूल
बैँसमा सुहाएको, बैँसमा सुहाएको
खोसुँ खोसुँ लाग्छ कसो नि
खोसुँ खोसुँ लाग्छ
तिम्रो त्यो कोरेको केश
बैँसमा सुहाएको, बैँसमा सुहाएको
हेरूँ हेरूँ लाग्छ लाग्छ कसो नि
हेरूँ हेरूँ लाग्छ
हेरेर पनि कत्ति बुझ्दैन मन मेरो
कपालैमा लुकुँ लुकुँ लाग्छ
हेरेर पनि कत्ति बुझ्दैन मन मेरो
कपालैमा लुकुँ लुकुँ लाग्छ
चुलबुले चाल देखी लोलाई दिन्छ आँखा
चुलबुले चाल देखी लोलाई दिन्छ आँखा
सलाम गरी
सलाम गरी छुपुँ छुपुँ लाग्छ
कलिली रूपकी रानी, रसिली सुकुमारी
कोकिलैमा राखी छाडुँ लाग्छ
कलिली रूपकी रानी, रसिली सुकुमारी
कोकिलैमा राखी छाडुँ लाग्छ
छहराको कलकलले पीपलको छायाँमा
छहराको कलकलले पीपलको छायाँमा
लुकामारी
लुकामारी खेलुँ खेलुँ लाग्छ
तिमीले त्यो लाएको फूल
बैँसमा सुहाएको, बैँसमा सुहाएको
खोसुँ खोसुँ लाग्छ कसो नि
खोसुँ खोसुँ लाग्छ
शब्दः रत्नलाल श्रेष्ठ
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान