तिमीले तिमीलाई लिलाम गर्दा मौका दिइछौ सबलाई
तर मैले चाहि चाहि सकार्न पाइनँ तिमीलाई
किनकी मसँग रित्तो मन मात्र थियो एउटा
धन छदै थिएन, धन छदै थिएन
मैले आफ्ना आँशु दिदैँ तिमीलाई पाउन खोजेँ
मैले व्यर्थै मुटु दिदैँ तिमीलाई जित्न खोजेँ
मेरो आँशुभन्दा धेरै मोती चाहिन्थ्यो तिमीलाई
मेरो मुटुभन्दा दामी हिरा चाहिन्थ्यो तिमीलाई
तिमीले तिमीलाई लिलाम गर्दा मौका दिइछौ सबलाई
मायाको मन्दिरभित्र तिमीलाई राख्न खोजेँ
मैले भुलले मान्छेभित्र भगवान देख्न खोजेँ
मेरो मन्दिरभन्दा राम्रो महल चाहिन्थ्यो तिमीलाई
मेरो संसारभन्दा सुन्दर सपना चाहिन्थ्यो तिमीलाई
तिमीले तिमीलाई लिलाम गर्दा मौका दिइछौ सबलाई
शब्दः किरण खरेल
संगीत/स्वरः मणिक रत्न