तिमीले त हैन, तिम्रा भाकाहरूले
मेरो मुटु छोईसकेछन्
मैले पनि हैन, मेरा आँखाहरूले
तिम्रोलागि रोईसकेछन्
तिमीले त हैन, तिम्रा भाकाहरूले
मेरो मुटु छोईसकेछन्
त्यसै त्यसै कस्तो गाढा माया बसेको
धुँदा पनि जाँदै नजाने
त्यसै त्यसै कस्तो गाढा माया बसेको
धुँदा पनि जाँदै नजाने
माया भन्नु यस्तै हो कि,
मलाई मात्रै यस्तो
रुँदा पनि जाँदै नजाने
तिमीले त हैन, तिम्रा भाकाहरूले
मेरो मुटु छोईसकेछन्
मैले पनि हैन, मेरा आँखाहरूले
तिम्रोलागि रोईसकेछन्
एकोहोरो माया हो कि, के भनेर सोधुँ
मलाई पीर पर्नु पर्यो नि
एकोहोरो माया हो कि, के भनेर सोधुँ
मलाई पीर पर्नु पर्यो नि
सपनीमा त्यति गाढा, विपनीमा टाढा
यो मायाले गर्नु गर्यो नि
तिमीले त हैन, तिम्रा भाकाहरूले
मेरो मुटु छोईसकेछन्
मैले पनि हैन, मेरा आँखाहरूले
तिम्रोलागि रोईसकेछन्
तिमीले त हैन, तिम्रा भाकाहरूले
मेरो मुटु छोईसकेछन्
शब्दः क्षेत्र प्रताप अधिकारी
संगीतः नातिकाजी
स्वरः बच्चु कैलाश