तिमीले हेरिरह्यौ………

तिमीले हेरिरह्यौ बोलाउन सकिनौ
म हेर्दै गएँ रोकिन सकिनँ
अनमोल त्यो पललाई छेक्न
तिमीले सकिनौ मैले सकिनँ
तिमीले सकिनौ मैले सकिनँ
तिमीले हेरिरह्यौ बोलाउन सकिनौ
म हेर्दै गएँ रोकिन सकिनँ
अनमोल त्यो पललाई छेक्न
तिमीले सकिनौ मैले सकिनँ
तिमीले सकिनौ मैले सकिनँ

तिमी रातको दिपक हौ
न बल्न सक्यौ न निभ्न सक्यौ
तिमी रातको दिपक हौ
न बल्न सक्यौ न निभ्न सक्यौ
बाटो भुलेको त्यो यात्री हुँ म
बाटो भुलेको त्यो यात्री हुँ म
न हिँड्न सकेँ न अड्न सकेँ
तिम्रो विवशता बुझेपछि
न बुझे जस्तो गर्न सकिनँ
अनमोल त्यो पललाई छेक्न
तिमीले सकिनौ मैले सकिनँ
तिमीले सकिनौ मैले सकिनँ

हामी नदीका दुई किनार
न मिल्न सक्यौँ न भुल्न सक्यौँ
हामी नदीका दुई किनार
न मिल्न सक्यौँ न भुल्न सक्यौँ
छाल हजारौ छुँदै जान्छन्
छाल हजारौ छुँदै जान्छन्
तैपनि तिर्खा नमेट्न सक्यौँ
हाम्रो समस्या उस्तै भएर
सुल्झाई दिन मैले सकिनँ
अनमोल त्यो पललाई छेक्न
तिमीले सकिनौ मैले सकिनँ
तिमीले सकिनौ मैले सकिनँ
तिमीले हेरिरह्यौ बोलाउन सकिनौ
म हेर्दै गएँ रोकिन सकिनँ
अनमोल त्यो पललाई छेक्न
तिमीले सकिनौ मैले सकिनँ
तिमीले सकिनौ मैले सकिनँ

शब्द/संगीत/स्वरः दिपक जंगम

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!