तिमीले चाहे सम्झेर पनि गाउने छैन गीत
तिमीले बिर्से बिर्सने छैन कहिले तिम्रो प्रीत
तिमीले चाहे सम्झेर पनि
भएको घाउ निको भईजाला ती बारेमा
भनेर ठाने जाँदैन दाग मेरो यो जुनीमा
रहने छैन त्यो लालीपना लेकको गुराँसमा
रहने छैन त्यो लालीपना लेकको गुराँसमा
वसन्ती मीठो बास्ना जाला जाईको फूलमा
तिमीले चाहे सम्झेर पनि
नौरङ्गी डाँफे उडेर जाला बलौटी भूमिमा
हिमाल पग्ली पाताल होला तिमीले भुलेमा
सुनौलो प्रभात उजाड पारि अर्काको बारीमा
सुनौलो प्रभात उजाड पारि अर्काको बारीमा
पाउने छैन रुपौलो रात शरदको पूर्णिमा
तिमीले चाहे सम्झेर पनि
शब्दः म. बि. बि. शाह
संगीतः अम्बर गुरूङ
स्वरः अञ्जु देवी