तिमीले बिर्से नि लाखै छ
तिमीले सम्झे नि लाखै छ
जे हुनु थ्यो भइसक्षो दुःख सुख चल्दैछ
जे हुनु थ्यो भइसक्षो दुःख सुख चल्दैछ
जीवन यात्रामा हिँड्दै जाँदा दोबाटोमा हामी मिसियौ
एउटै चाहना भएर पनि चौबाटोमा हामी छुट्टियौ
जीवन यात्रामा हिँड्दै जाँदा दोबाटोमा हामी मिसियौ
एउटै चाहना भएर पनि चौबाटोमा हामी छुट्टियौ
पराई सम्झे नि लाखै छ
आफ्नो सम्झे नि लाखै छ
जे बित्नु बितिसक्यो जसो तसो चल्दैछ
जे बित्नु बितिसक्यो जसो तसो चल्दैछ
तिमीले बिर्से नि लाखै छ
आफ्नो विगत सम्झेर मलाई आत्माग्लानी कति नि छैन
जानी नजानी मैले जे गरेँ पक्षताप पनि मलाई छैन
आफ्नो विगत सम्झेर मलाई आत्माग्लानी कति नि छैन
जानी नजानी मैले जे गरेँ पक्षताप पनि मलाई छैन
सराप दए नि लाखै छ
माया दिए नि लाखै छ
जति सहनु सहिसकेँ केही नदेऊ लाखै छ
जति सहनु सहिसकेँ केही नदेऊ लाखै छ
तिमीले बिर्से नि लाखै छ
तिमीले सम्झे नि लाखै छ
जे हुनु थ्यो भइसक्षो दुःख सुख चल्दैछ
जे हुनु थ्यो भइसक्षो दुःख सुख चल्दैछ
तिमीले बिर्से नि लाखै छ
शब्दः
संगीतः
स्वरः