तिमीलाई माया गर्ने अधिकार नदेऊ भै गो
एक्लै पनि म तिमीलाई मायाले बाँध्न सक्छु
टाढै खुशी म तिम्रो चाहेर बाँध्न सक्छु
तिमीलाई माया गर्ने अधिकार नदेऊ भै गो
म खस्न सक्छु तिम्रो आकाशको तारा जस्तै
म फुट्न सक्छु तिम्रो विश्वासको सिसा जस्तै
तिम्रा ती हात थाम्ने अधिकार नदेऊ भै गो
तिमीलाई माया गर्ने अधिकार नदेऊ भै गो
हो मान्छे म बिटुलो तिमीलाई छुँदै नहुने
तर होइन तिम्रो दुःखमा रुनै नहुने
तिम्रा ती आँशु पछ्ने अधिकार नदेऊ भै गो
तिमीलाई माया गर्ने अधिकार नदेऊ भै गो
शब्दः
सङ्गीतः
स्वरः पन्ना काजी