तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्ने छैन
छातीभरि चोट बोकी अब चाहिँ हिँड्ने छैन
तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्ने छैन
हृदयमा राखी तिमीलाई जिन्दगी नै सुम्पेको दिएँ
दुई चार कदम साथ हिँडी तिमीले हात छोडिदियौ
हृदयमा राखी तिमीलाई जिन्दगी नै सुम्पेको दिएँ
दुई चार कदम साथ हिँडी तिमीले हात छोडिदियौ
आँखाभरि भ्रम बोकी अब चाहिँ हिँड्ने छैन
तिमीलाई म हृदयमा अब चाहिँ राख्ने छैन
एक्लै बस्दा तिम्रो सम्झनाले आँखा मेरो रसाइदिन्छ
अतीतका यादले पछ्याइदिँदा एक्लो मन तड्पिदिन्छ
एक्लै बस्दा तिम्रो सम्झनाले आँखा मेरो रसाइदिन्छ
अतीतका यादले पछ्याइदिँदा एक्लो मन तड्पिदिन्छ
निष्ठुरीको बाचा सम्झी अब चाहिँ सोच्ने छैन
तिमीलाई म जीवनसाथी अब चाहिँ भन्ने छैन
शब्दः नरेश देव पन्त
संगीत/स्वरः नविन के. भट्टराई