तिमीलाई हाँसेर बिदा…………

तिमीलाई हाँसेर बिदा मात्र दिईसकेथेँ
आँशु झरी सकेछन्
म तिन्लाई पुछ्न थालेँ
म तिन्लाई पुछ्न थालेँ
तिमी मलाई छोडी गईसकेको मात्र के थियौ
तिमी फर्कने दिन
म हतारिँदै गन्न लागेँ
म हतारिँदै गन्न लागेँ

यो दुई दिनको बिछोड पनि कति नमीठो
के बिर्सिए जस्तो हराए जस्तो नपुगे जस्तो
यो दुई दिनको बिछोड पनि कति नमीठो
के बिर्सिए जस्तो हराए जस्तो नपुगे जस्तो
मान्छेको हुलबीच पनि शून्यपन कस्तो
मान्छेको हुलबीच पनि शून्यपन कस्तो
ताराहरूलाई छोडी चन्द्र लुकिदिए जस्तो
तिमीलाई हाँसेर बिदा मात्र दिईसकेथेँ
आँशु झरी सकेछन्
म तिन्लाई पुछ्न थालेँ
म तिन्लाई पुछ्न थालेँ

यी दिन यी रातका हरपल नरमाइला
लाग्छ समय नै सुस्तिएर चलिदिए जस्तो
यी दिन यी रातका हरपल नरमाइला
लाग्छ समय नै सुस्तिएर चलिदिए जस्तो
ती मीठा गीतका धून पनि कति झर्को लाग्दा
ती मीठा गीतका धून पनि कति झर्को लाग्दा
फूल झरी काँडा मात्र बाँकी भईदिए जस्तो
तिमीलाई हाँसेर बिदा मात्र दिईसकेथेँ
आँशु झरी सकेछन्
म तिन्लाई पुछ्न थालेँ
म तिन्लाई पुछ्न थालेँ

शब्दः चाँदनी शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!