तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झेँ, तिमी साथ आयौ
कुनै चीज मीठो म खोजिरहेथेँ
म सोचिरहेथेँ, तिमी याद आयौ
तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झेँ, तिमी साथ आयौ
उज्यालो बढेझैँ भयो आज झन् झन्
उज्यालो बढेझैँ भयो आज झन् झन्
उज्यालो त मुस्कानले बढ्छ भन्छन्
कि मैलाई सम्झी तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयो
कुनै चीज मीठो म खोजिरहेथेँ
म सोचिरहेथेँ, तिमी याद आयौ
तिमीले पनि सम्झिएकी भए लौ
तिमीले पनि सम्झिएकी भए लौ
चुम्यौ चाहनाले अझै मन परायो
मलाई भुलेकी भए के भनुँ खै
तिमी हर्ष आयौ कि बिस्मात आयो
कुनै चीज मीठो म खोजिरहेथेँ
म सोचिरहेथेँ, तिमी याद आयौ
तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झेँ, तिमी साथ आयौ
शब्दः कञ्चन पुडासैनी
संगीतः दिव्य खालिङ
स्वरः नारायण गोपाल