तिमी नभए…….

तिमी नभए जिन्दगानी काँडासरि छ
फेरि पनि मेरो केही गुनासो छैन
तिमी नभए जिन्दगानी काँडासरि छ
फेरि पनि मेरो केही गुनासो छैन
तिमी नभए जिन्दगानी काँडासरि छ
फेरि पनि मेरो केही गुनासो छैन
तिमी नभए

कहिलेकाहीँ कल्पनामा छाँद हाली रोएथेँ
संसारको पीरहरू आँशु बनाई पोखेथेँ
कहिलेकाहीँ कल्पनामा छाँद हाली रोएथेँ
संसारको पीरहरू आँशु बनाई पोखेथेँ
अल्झाई दियौ पिरती त्यहीँ कहीँ माझमा
फेरि पनि मेरो केही गुनासो छैन
तिमी नभए

धर्ती जस्तै मुटु फिजाई माया तिम्लाई दिएथेँ
क्षितिजसरि टाढा टाढा सपना सोचेथेँ
धर्ती जस्तै मुटु फिजाई माया तिम्लाई दिएथेँ
क्षितिजसरि टाढा टाढा सपना सोचेथेँ
आकाशबाट एउटै तारा बिलाई गयो माझमा
फेरि पनि मेरो केही गुनासो छैन
तिमी नभए

चट्टानझै पर्खिरहेँ बाह्रै मास झरीमा
एकदिन त बादल फाँटी घाम लाग्ने आशामा
चट्टानझै पर्खिरहेँ बाह्रै मास झरीमा
एकदिन त बादल फाँटी घाम लाग्ने आशामा
हुरी बतास बर्खासँगै बगी गयो भेलमा
फेरि पनि मेरो केही गुनासो छैन
तिमी नभए जिन्दगानी काँडासरि छ
फेरि पनि मेरो केही गुनासो छैन
फेरि पनि मेरो केही गुनासो छैन
फेरि पनि मेरो केही गुनासो छैन

शब्दः कुसुम गजमेर
संगीतः रञ्जीत गजमेर
स्वरः उदित नारायण झा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!