तिमी मान या नमान मैले भनिदिएँ
मेरो हजुर भनेर माया गरिदिएँ
स्वीकार गर या त्यागी देऊ मेरो प्रस्तावलाई
तिमीलाई अङ्गाल्न हातहरू मैले बढाइ दिएँ
तिमी मान या नमान
तिमी मान या नमान मैले भनिदिएँ
यति धेरै माया किन भयो म जान्दिनँ
यो माया केवल दुई दिनको म ठान्दै ठान्दिनँ
यति धेरै माया किन भयो म जान्दिनँ
यो माया केवल दुई दिनको म ठान्दै ठान्दिनँ
तिम्रो कुनै बहाना म मान्दै मान्दिनँ
बढे जो कदम अगाडि पछाडि सार्दिनँ
तिमी मान या नमान
तिमी मान या नमान मैले भनिदिएँ
यो माया जीवनको खुशी सधैँ बनिरहोस्
तर मुटुमा घाउ यो तिमीलाई मलाई नहोस्
यो माया जीवनको खुशी सधैँ बनिरहोस्
तर मुटुमा घाउ यो तिमीलाई मलाई नहोस्
नठान मेरो गल्ती बरु फैसला नै देऊ
मेरो मायाको सही मोल तिमी आज गरी देऊ
तिमी मान या नमान मैले भनिदिएँ
मेरो हजूर भनेर माया गरिदिएँ
स्वीकार गर या त्यागी देऊ मेरो प्रस्तावलाई
तिमीलाई अङ्गाल्न हातहरू मैले बढाइ दिएँ
तिमी मान या नमान
तिमी मान या नमान मैले भनिदिएँ
शब्द/सङ्गीतः दिव्य खालिङ
स्वरः पेमा लामा