तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधै चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नु
व्यर्थै तिमीले मेरो हात समायौ
बैँसालु ति तिम्रा रहरहरूमा
न मैले कहिले हरियाली कोरेँ
रक्ताम्य ति तिम्रा अधरहरूमा
न मैले कहिले खुशीयाली पोतेँ
र सायद रिसायौ तिमी भित्रभित्रै
न भित्री ति तिम्रा खुल्दुली सोधेँ
रुझे हुन् ति तिम्रा पलक र आँखा
मसँग कहिले इशारा नबोल्दै
रुखे हुन् ति तिम्रा यौवन र भाखा
मसँग कहिले निश्वास नखोल्दै
र सायद सराप्यौ सधै बैँसलाई
जो शून्यतासँगै बिलाए मजस्तै
तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधै चोट पायौ
शब्दः दिनेश अधिकारी
संगीतः दिव्य खालिङ
स्वरः नारायण गोपाल