तिमी एक फूल हौ भने म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका हामी एक मधुर राग
तिमी एक फूल हौ भने म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका हामी एक मधुर राग
मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन
युगौँ म कुर्न सक्दछु
युगौँ म कुर्न सक्दछु म पाउन यो मिलन
तिमीलाई पनि फकाउने मेरो प्रेम नै महान
तिमी एक फूल हौ भने म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका हामी एक मधुर राग
सुख देऊ मलाई वा व्यथा सब थाम्न सक्छु म
तिम्रो बाटोभरि आफूलाई
तिम्रो बाटोभरि आफूलाई तिर्साउन सक्छु म
मेरो प्यार मेरो प्राण भए तिम्रो प्यार हो बलिदान
तिमी एक फूल हौ भने म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका हामी एक मधुर राग
शब्द/संगीतः गोपाल योन्जन
स्वरः नारायण गोपाल र अरूणा लामा