तिमी भुलमा पर्यौ, म पनि झुक्किएँ
यो भेटघाटलाई एक संगम भनि
नलागी कतै चोट अब छुटौ हामी
मिल्दैन यहाँ दस्तुर भनि
तिमी भुलमा पर्यौ, म पनि झुक्किएँ
यो भेटघाटलाई एक संगम भनि
नलागी कतै चोट अब छुटौ हामी
मिल्दैन यहाँ दस्तुर भनि
प्यार हुन्छ त्यहीँ जहाँ सार हुन्छ
भाग्यले मात्र दिलदार मिल्छ
प्यार हुन्छ त्यहीँ जहाँ सार हुन्छ
भाग्यले मात्र दिलदार मिल्छ
हामी आवेशमा छौ, धेरै नजिक नहौ
जुड्दैन फुटेर मन यो भने
नलागी कतै चोट अब छुटौ हामी
मिल्दैन यहाँ दस्तुर भनि
तिमी भुलमा पर्यौ, म पनि झुक्किएँ
यो भेटघाटलाई एक संगम भनि
नलागी कतै चोट अब छुटौ हामी
मिल्दैन यहाँ दस्तुर भनि
बेहोस त अलिक हामी दुवै नै छौ
सम्हालेनौ भने हामी दुई नै गिर्छौ
बेहोस त अलिक हामी दुवै नै छौ
सम्हालेनौ भने हामी दुई नै गिर्छौ
तिमी टाढिँदै जाऊ फारिँदै म जान्छु
यही भेट विषाक्त कतै हुन्छ भने
नलागी कतै चोट अब छुटौ हामी
मिल्दैन यहाँ दस्तुर भनि
शब्द/संगीत/स्वरः अम्बर गुरुङ