तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमीबाट शुरू हुन्छ मेरो खुशी उन्नति हो
तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमीबाट शुरू हुन्छ मेरो खुशी उन्नति हो
तिमीलाई भेटेपछि मेरो जिन्दगीमा
देउतासँग माग्ने पनि कुरै सिद्धियो
सबै दुःख, सबै पीडा भुल्छु तिम्रो साथमा
वसन्तझैँ रमाउँदै फुल्छु तिम्रो काखमा, हो
तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमीबाट शुरू हुन्छ मेरो खुशी उन्नति हो
आफूलाई पन्साएर आफैबाट टाढा
तिम्रै मात्र कुरा सुन्न मीठो लाग्ने भो
तिम्रै बास्ना चल्छ सधैँ मैले फेर्ने सासमा
आँखा खोल्छु जहिले पनि तिमीलाई देख्ने आशमा, हो
तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमीबाट शुरू हुन्छ मेरो खुशी उन्नति हो
हो… तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमीबाट शुरू हुन्छ मेरो खुशी उन्नति हो
हो मेरो खुशी उन्नति हो
हो मेरो खुशी उन्नति हो
मेरो खुशी उन्नति हो
हो मेरो खुशी उन्नति हो
शब्दः दिनेश अधिकारी
सङ्गीतः उदय सोताङ
स्वरः उदय सोताङ र मनिला सोताङ