तिमी आयौ………….

तिमी आयौ कागजको फूल सिउरी
तर बास्नाले ठाउँ मगमगाउन लागे है
तिमीले त पाउ भुइँमै राखेथ्यौ
तर बोझले दिल डगमगाउन लागे है
तिमी आयौ कागजको फूल सिउरी

तिमीलाई के थाहा तिम्रो रूपको प्रभाव
तिमी साथ भइदिए केही हुन्न अभाव
तिमीलाई के थाहा तिम्रो रूपको प्रभाव
तिमी साथ भइदिए केही हुन्न अभाव
न त जून हौ तिमी, न त तारै हौ तिमी
न त जून हौ तिमी, न त तारै हौ तिमी
तर रात यो त्यसै जगमगाउन लागे
तिमी आयौ कागजको फूल सिउरी
तर बास्नाले ठाउँ मगमगाउन लागे है
तिमीले त पाउ भुइँमै राखेथ्यौ
तर बोझले दिल डगमगाउन लागे है
तिमी आयौ कागजको फूल सिउरी

प्रशंसा के गरूँ तिम्रो स्वरको कसो?
तिम्रो गाली पनि गीतभन्दा मीठो
प्रशंसा के गरूँ तिम्रो स्वरको कसो?
तिम्रो गाली पनि गीतभन्दा मीठो
मलाई गाउने रहर न सुनाउने रहर
मलाई गाउने रहर न सुनाउने रहर
तर मनले यो गीत गुनगुनाउन लागे
तिमी आयौ कागजको फूल सिउरी
तर बास्नाले ठाउँ मगमगाउन लागे है
तिमीले त पाउ भुइँमै राखेथ्यौ
तर बोझले दिल डगमगाउन लागे है
तिमी आयौ कागजको फूल सिउरी

शब्दः राम मान तृषित
संगीतः शिवशंकर मानन्धर
स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!