तिमी आयौ………….

तिमी आयौ कागजको फूल सिउरी
तर बास्नाले ठाउँ मगमगाउन लागे है
तिमीले त पाउ भुइँमै राखेथ्यौ
तर बोझले दिल डगमगाउन लागे है
तिमी आयौ कागजको फूल सिउरी

तिमीलाई के थाहा तिम्रो रूपको प्रभाव
तिमी साथ भइदिए केही हुन्न अभाव
तिमीलाई के थाहा तिम्रो रूपको प्रभाव
तिमी साथ भइदिए केही हुन्न अभाव
न त जून हौ तिमी, न त तारै हौ तिमी
न त जून हौ तिमी, न त तारै हौ तिमी
तर रात यो त्यसै जगमगाउन लागे
तिमी आयौ कागजको फूल सिउरी
तर बास्नाले ठाउँ मगमगाउन लागे है
तिमीले त पाउ भुइँमै राखेथ्यौ
तर बोझले दिल डगमगाउन लागे है
तिमी आयौ कागजको फूल सिउरी

प्रशंसा के गरूँ तिम्रो स्वरको कसो?
तिम्रो गाली पनि गीतभन्दा मीठो
प्रशंसा के गरूँ तिम्रो स्वरको कसो?
तिम्रो गाली पनि गीतभन्दा मीठो
मलाई गाउने रहर न सुनाउने रहर
मलाई गाउने रहर न सुनाउने रहर
तर मनले यो गीत गुनगुनाउन लागे
तिमी आयौ कागजको फूल सिउरी
तर बास्नाले ठाउँ मगमगाउन लागे है
तिमीले त पाउ भुइँमै राखेथ्यौ
तर बोझले दिल डगमगाउन लागे है
तिमी आयौ कागजको फूल सिउरी

शब्दः राम मान तृषित
संगीतः शिवशंकर मानन्धर
स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!