तिमी आकाशको जून भयौ
म त यहाँको धुलो हुँ
तिमी आकाशको जून भयौ
म त यहाँको धुलो हुँ
तिमी फुलेको फूल भयौ
म त खसेको आश हुँ
तिमी आकाशको जून भयौ
म त यहाँको धुलो हुँ
कहाँ हुन्छ संगम धर्ती र आकाशको
कहाँ हुन्छ मिलन हाँसो र रोदनको
कहाँ हुन्छ संगम धर्ती र आकाशको
कहाँ हुन्छ मिलन हाँसो र रोदनको
तिमी पूर्णेको जून भयौ
म त औँसीको रात हुँ
तिमी फुलेको फूल भयौ
म त खसेको आश हुँ
तिमी आकाशको जून भयौ
म त यहाँको धुलो हुँ
खसाली देऊ मलाई आँखाको पाप भनेर
नदेऊ बास मलाई मुटुको धड्कन भनेर
खसाली देऊ मलाई आँखाको पाप भनेर
नदेऊ बास मलाई मुटुको धड्कन भनेर
तिमी बिहानी किरण भयौ
म त जलेको खाक हुँ
तिमी फुलेको फूल भयौ
म त खसेको आश हुँ
तिमी आकाशको जून भयौ
म त यहाँको धुलो हुँ
शब्दः शिव शंकर थापा
सङ्गीत/स्वरः दीप श्रेष्ठ