तारा मात्रै हैन तिमीलाई जूनै दाइजो दिइदिऊँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिऊँला

तिमीलाई मेरो हे….
तिमीलाई मेरो झिलिमिली आकाश नै ओढाऊँला
त्यो पाउमा रङ्गीचङ्गी वसन्त चढाऊँला
तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिऊँला
तिमीले सास फेर्ने ठाउँमा सुवासले भरिदिऊँला
तारा मात्रै हैन तिमीलाई जूनै दाइजो दिइदिऊँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिऊँला
तिमीलाई मेरो हे…..
तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाऊँला
ती नशामा याेवनको मधु धारा बगाऊँला
सुकुमारी तिम्रा ओठ ती ओठमा सँगालूँला
तिमीलाई मेरै न्यानो न्यानो अँगालोमा म अङ्गालूँला
तारा मात्रै हैन तिमीलाई जूनै दाइजो दिइदिऊँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिऊँला
शब्दः किरण खरेल
संगीत/स्वरः प्रेमध्वज प्रधान