तारा खसेछ, अल्छिन बसेछ
खिन्न मनमा चिसो पसेछ
चिसो पसेछ
छोपेर कुइरो, रोपेर सुइरो
खिन्न मनमा चिसो पसेछ
चिसो पसेछ
तारा खसेछ
कालो र नीलो मुस्लो धुवाँको
निस्लोट ज्वरो पिरो धुवाँको
कालो र नीलो मुस्लो धुवाँको
निस्लोट ज्वरो पिरो धुवाँको
अल्पिन्छ खुशी सल्किन्छ भाग्य
हरेक दोबाटो हरेक मोडमा
तारा खसेछ, अल्छिन बसेछ
खिन्न मनमा चिसो पसेछ
चिसो पसेछ
तारा खसेछ
गरुङ्गो भई मन खस्न खोज्दछ
आफन्तले नै डस्न खोज्दछ
गरुङ्गो भई मन खस्न खोज्दछ
आफन्तले नै डस्न खोज्दछ
चर्किन्छ मुस्कान, ढल्किन्छ जीवन
हरेक दोबाटो हरेक मोडमा
तारा खसेछ, अल्छिन बसेछ
खिन्न मनमा चिसो पसेछ
चिसो पसेछ
तारा खसेछ
शब्दः राजेन्द्र थापा
संगीतः अम्बर गुरूङ
स्वरः प्रेमध्वज प्रधान