तन, मन, बचनले….

तन, मन, बचनले प्रभु नाम गाउँ
हरे राम हरे कृष्ण भन्दै रमाऊँ
तन, मन, बचनले प्रभु नाम गाउँ
हरे राम हरे कृष्ण भन्दै रमाऊँ
हरे राम हरे कृष्ण भन्दै रमाऊँ
तन, मन, बचनले प्रभु नाम गाउँ
हरे राम हरे कृष्ण भन्दै रमाऊँ
तन मन बचनले

पसी अग्निमा स्वर्ण चम्कन्छ धेरै
फसी मोहमा बढ्छ चाहना धेरै
पसी अग्निमा स्वर्ण चम्कन्छ धेरै
फसी मोहमा बढ्छ चाहना धेरै
त्यसैले प्रभु द्वन्द यो बुझ्न पाऊँ
त्यसैले प्रभु द्वन्द यो बुझ्न पाऊँ
सधैँ कृष्ण कृष्ण भनि दिन बिताऊँ
तन, मन, बचनले प्रभु नाम गाउँ
हरे राम हरे कृष्ण भन्दै रमाऊँ
तन मन बचनले

सधैँ फूल हाँस्दछ काँडामा झुल्दै
तिमीभित्रै छौ, खोजी हिँड्छु म डुल्दै
सधैँ फूल हाँस्दछ काँडामा झुल्दै
तिमीभित्रै छौ, खोजी हिँड्छु म डुल्दै
विपत्तिमा हाँस्ने म सामर्थ्य पाऊँ
विपत्तिमा हाँस्ने म सामर्थ्य पाऊँ
गोविन्द गोपाल जपि खुब रमाऊँ
तन, मन, बचनले प्रभु नाम गाउँ
हरे राम हरे कृष्ण भन्दै रमाऊँ
तन मन बचनले

म हुँ बिन्दु भगवान तिमी सिन्धु मेरो
म हुँ दास तिम्रो, तिमी स्वामी मेरो
म हुँ बिन्दु भगवान, तिमी सिन्धु मेरो
म हुँ दास तिम्रो, तिमि स्वामी मेरो
म जस्तो छु, जे छु, अरू के भनाऊँ
म जस्तो छु, जे छु, अरू के भनाऊँ
सधैँ कृष्ण केशव भन दिन बिताउँ
तन, मन, बचनले प्रभु नाम गाउँ
हरे राम हरे कृष्ण भन्दै रमाऊँ
तन मन बचनले

शब्दः पुरुषोत्तम सापकोटा
संगीत/स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!