टाढै तिमी बसे पनि माया मात्र लाए पुग्छ
कहिलेकाहीँ सपनीमा भेट्नलाई आए पुग्छ
टाढै तिमी बसे पनि
मीठो बचन बोलिदिए सम्झनाले आफै तान्छ
हाराहारी हुँदाखेरि नयन त्यसै झुकिजान्छ
मीठो बचन बोलिदिए सम्झनाले आफै तान्छ
हाराहारी हुँदाखेरि नयन त्यसै झुकिजान्छ
तिम्ले खाली बिर्सिदिए मात्र मेरो चित्त दुख्छ
टाढै तिमी बसे पनि माया मात्र लाए पुग्छ
कहिलेकाहीँ सपनीमा भेट्नलाई आए पुग्छ
टाढै तिमी बसे पनि
बाटोभरि ठेस लाग्ला मनमा कुरा खेलाई हिँड्दा
झस्की आफै लाजले आफ्नै ओठलाई थिची टोक्दा
बाटोभरि ठेस लाग्ला मनमा कुरा खेलाई हिँड्दा
झस्की आफै लाजले आफ्नै ओठलाई थिची टोक्दा
तिम्रो न्यानो मुटुभित्र मुटु राख्न पाए पुग्छ
टाढै तिमी बसे पनि माया मात्र लाए पुग्छ
कहिलेकाहीँ सपनीमा भेट्नलाई आए पुग्छ
टाढै तिमी बसे पनि
शब्दः रविन्द्र शाह
संगीतः नातिकाजी
स्वरः इन्द्र नारायण