टाढा टाढा नभई जाऊ तिमी
मेरो हृदय भन्दा पनि पर
हर छातीमा यो दिल हुन्न
खोजी हेर्दा माया भेटिन्न
आँशु मै डुब्छ जिन्दगी
अनि आफ्नो भन्ने कोही हुन्न
टाढा टाढा नभई जाऊ तिमी
मेरो हृदय भन्दा पनि पर
मैले तिमीलाई चाहिदिँदा बैरी भए वसन्तहरू
मैले तिमीलाई चाहिदिँदा बैरी भए वसन्तहरू
ऋतुहरू मसँग दुर भए तर चाहना मेटिएन
टाढा टाढा नभई जाऊ तिमी
मेरो हृदय भन्दा पनि पर
तिम्रै निम्ति म बाँचिदिँदा व्यर्थै भए ती जीवनहरू
तिम्रै निम्ति म बाँचिदिँदा व्यर्थै भए ती जीवनहरू
खुशीहरू मसँग दुर भए तर तिमीलाई भुल्न सकिनँ
टाढा टाढा नभई जाऊ तिमी
मेरो हृदय भन्दा पनि पर
हर छातीमा यो दिल हुन्न
खोजी हेर्दा माया भेटिन्न
आँशु मै डुब्छ जिन्दगी
अनि आफ्नो भन्ने कोही हुन्न
टाढा टाढा… टाढा टाढा…
टाढा टाढा.. टाढा टाढा…
शब्द/संगीतः भुपेन्द्र रायमाझी
स्वरः लोचन भट्टराई