टाढा टाढा जानु छ साथी, एक फेर हाँसिदेऊ
छुटिसकेको मायालाई साथी एक फेर गाँसिदेऊ
टाढा टाढा जानु छ साथी एक फेर हाँसिदेऊ
छुटिसकेको मायालाई साथी एक फेर गाँसिदेऊ
यो फूलबारी उजाडिएला, केही छिन बसेथ्यौँ
यो फूलबारी उजाडिएला, केही छिन बसेथ्यौँ
बहानै सहि आँखामा आँशु, लिएर रोएथ्यौँ
लिएर रोएथ्यौँ
टाढा टाढा जानु छ साथी
कहीँ गएर अल्मलिएर भुलेर बसुँला
कहीँ गएर अल्मलिएर भुलेर बसुँला
कहिलेकाहीँ सम्झना आए, रोएर टारूँला
रोएर टारूँला
टाढा टाढा जानु छ साथी, एक फेर हाँसिदेऊ
छुटिसकेको मायालाई साथी एक फेर गाँसिदेऊ
टाढा टाढा जानु छ साथी
शब्द/संगीत/स्वरः बच्चु कैलाश