टाढा भई नदेऊ फेरि…….

टाढा भई नदेऊ फेरि
सारा बन्धन तोडी
सपना सजाई म आएँ तिम्रोमा
सँगाली राख आँखामा
सँगाली राख आँखामा
टाढा नसम्झ कहिलै
सधैँ तिम्रै साथ
तिमी नै छौ मेरो जीवनमा
सँगाली राख मुटुमा
सँगाली राख मुटुमा
टाढा भई नदेऊ फेरि
टाढा नसम्झ कहिलै

तिम्रो नयनमा ज्योति छल्कन्छ
तिम्रो मुस्कानमा मोति टल्कन्छ
तिम्रो नयनमा ज्योति छल्कन्छ
तिम्रो मुस्कानमा मोति टल्कन्छ
मायालु हो कि पागल हो कि
हो… मायालु हो कि पागल हो कि
मलाई चिन्ने चिनो यस्तै छ
मनमा राख सधैँलाई
मनमा राख सधैँलाई
टाढा नसम्झ कहिलै
टाढा भई नदेऊ फेरि

रोकिदेऊ आज यो दिन ढल्दै छ
तिमी बसिदेऊ रोकिनेछ यो समय
रोकिदेऊ आज यो दिन ढल्दै छ
तिमी बसिदेऊ रोकिनेछ यो समय
तिम्रो पाइलासँगै चल्छ सारा समय
हो… तिम्रो पाइलासँगै चल्छ सारा समय
बेलालाई सम्झी म आएँ तिम्रोमा
अँगाली राख देहमा
अँगाली राख देहमा
टाढा नसम्झ कहिलै
टाढा भई नदेऊ फेरि

जीवन यो मेरो तिम्रो नाउँ लेखेको छ
तिम्रो माया मीठो सधैँ साथ रहनेछ
जीवन यो मेरो तिम्रो नाउँ लेखेको छ
तिम्रो माया मीठो सधैँ साथ रहनेछ
दियो जस्तै तिमी जति जले पनि
हो…. दियो जस्तै तिमी जति जले पनि
ज्योति भएर सँगै बल्ने छु
जनम जनमको साथलाई
जनम जनमको साथलाई
टाढा नसम्झ कहिलै
सधैँ तिम्रै साथ
तिमी नै छौ मेरो जीवनमा
सँगाली राख मुटुमा
सँगाली राख मुटुमा
टाढा भई नदेऊ फेरि
सारा बन्धन तोडी
सपना सजाई म आएँ तिम्रोमा
सँगाली राख आँखामा
सँगाली राख आँखामा
टाढा नसम्झ कहिलै
टाढा भई नदेऊ फेरि
टाढा नसम्झ कहिलै
टाढा भई नदेऊ फेरि
टाढा नसम्झ कहिलै
ला ला ला ला ला

शब्दः कुसुम गजमेर
सङ्गीतः रञ्जीत गजमेर
स्वरः प्रेमध्वज प्रधान र आशा भोसले
चलचित्रः मायालु

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!