सुनसान रातमा म जागिदिएँ
तिमीलाई सम्झनका लागि
धड्कन पनि थामिदिएँ
धड्कन पनि थामिदिएँ
तिमीलाई बोलाउनका लागि
सुनसान रातमा म जागिदिएँ
तिमीलाई सम्झनका लागि
धेरै रात काटिदिएँ यसै
अब त दिन पनि भुलिसकेँ
धेरै रात काटिदिएँ यसै
अब त दिन पनि भुलिसकेँ
सम्झनामा राखेछु तिमीलाई
अरूलाई अब भुलिसकेँ
सुनसान रातमा म जागिदिएँ
तिमीलाई सम्झनका लागि
याद छैन होला मेरी मायालुलाई
मेरा रात्रि सपनाका गीतहरू
याद छैन होला मेरी मायालुलाई
मेरा रात्रि सपनाका गीतहरू
बाँधिदिएँ यही सुरमा
गीतमा मेरा भाकाहरू
सुनसान रातमा म जागिदिएँ
तिमीलाई सम्झनका लागि
धड्कन पनि थामिदिएँ
धड्कन पनि थामिदिएँ
तिमीलाई बोलाउनका लागि
सुनसान रातमा म जागिदिएँ
तिमीलाई सम्झनका लागि
शब्दः कृष्णहरि बराल
संगीतः प्रकाश गुरूङ
स्वरः दिपक खरेल