सुनगाभा जस्तो जीवन
लालीगुराँस जस्तो जीवन
सजाई दिऊँ हाँसो खुशीले
रङ्गाई दिऊँ माया प्रीतिले
सुनगाभा जस्तो जीवन
लालीगुराँस जस्तो जीवन
सजाई दिऊँ हाँसो खुशीले
रङ्गाई दिऊँ माया प्रीतिले
फूलसँगै फुलौँ हामी बास्नासँगै हाँसौँ
संसार यो स्वर्ग पारी छहराझै नाचौँ
फूलसँगै फुलौँ हामी बास्नासँगै हाँसौँ
संसार यो स्वर्ग पारी छहराझै नाचौँ
जिन्दगीका पल पल पिरतीमै मिलाऊँ
जोवनका रहरहरू बिहानीझै खुलाऊँ
ए…सुनगाभा जस्तो जीवन
लालीगुराँस जस्तो जीवन
सजाई दिऊँ हाँसो खुशीले
रङ्गाई दिऊँ माया प्रीतिले
रसिलो छ, हँसिलो छ, सधैँ यस्तै हुनु पर्छ
वरदान हो जीवन यो, रमाउन दिनु पर्छ
रसिलो छ, हँसिलो छ, सधैँ यस्तै हुनु पर्छ
वरदान हो जीवन यो, रमाउन दिनु पर्छ
नयाँ नयाँ आशाहरू उमङ्ग लिएर
हामी जिउँछौ हृदयमा तरङ्ग लिएर
सुनगाभा जस्तो जीवन
लालीगुराँस जस्तो जीवन
सजाई दिऊँ हाँसो खुशीले
रङ्गाई दिऊँ माया प्रीतिले
जताततै रमाइलो मौसम राम्रो
नयनले देखे जति हरियाली हाम्रो
जताततै रमाइलो मौसम राम्रो
नयनले देखे जति हरियाली हाम्रो
मुटुलाई के भो के भो मात लागेजस्तो
ढुकढुकीलाई मायालुको बात लागेजस्तो
सुनगाभा जस्तो जीवन
लालीगुराँस जस्तो जीवन
सजाई दिऊँ हाँसो खुशीले
रङ्गाई दिऊँ माया प्रीतिले
सजाई दिऊँ हाँसो खुशीले
रङ्गाई दिऊँ माया प्रीतिले
शब्दः किरण खरेल
संगीतः नातिकाजी र शिवशंकर मानन्धर
स्वरः तारा देवी र मीरा राणा