सुनाई चाँपको नसिलो झन्कार
मच्चायौ मेरो दिलमा खलबल अपार
खलबल अपार
सुनाई चाँपको नसिलो झन्कार
मच्चायौ मेरो दिलमा खलबल अपार
खलबल अपार
सुनाई
आँखा ती गाजलु, भाका अनि मायालु
बिर्सुँ भन कसोरी, पन्छाई दे’को बादलु
भर ठूलो परेर ओरालो झरेर
पर्खी म बसेको गोरेटो हेरेर
हेरेर, हेरेर, हेरेर
सुनाई
मौसमसँगै हाँसेर, पिरती है गाँसेर
रमाई दिन्छन् फूलहरू, देउरालीमै नाचेर
तिम्रै म बनेर भावना बोएर
सिचाउँला माया बिरूवा रोपेर
रोपेर, रोपेर, रोपेर
सुनाई
सुनाई चाँपको नसिलो झन्कार
मच्चायौ मेरो दिलमा खलबल अपार
खलबल अपार
सुनाई चाँपको नसिलो झन्कार
मच्चायौ मेरो दिलमा खलबल अपार
खलबल अपार
सुनाई
शब्दः रत्न शम्शेर थापा
सङ्गीत: सुब्बा बहादुर
स्वरः प्रेमध्वज प्रधान