सुन कथा एउटा गीत
हार मेरो हो कि जीत
कस्तो साइनो बाँधी ल्यायौ
भन मेरो सानो मित
कस्तो साइनो बाँधी ल्यायौ
भन मेरो सानो मित
सुन कथा एउटा गीत
हार मेरो हो कि जीत
कस्तो साइनो बाँधी ल्यायौ
भन मेरो सानो मित
कस्तो साइनो बाँधी ल्यायौ
भन मेरो सानो मित
माया बसेछ
मितेरी साइनोमा
हिमालको पानी भन्दा चोखो तिम्रो माया
वर्षाको बादल भन्दा शीतल तिम्रो छायाँ
हिमालको पानी भन्दा चोखो तिम्रो माया
वर्षाको बादल भन्दा शीतल तिम्रो छायाँ
त्यस्तै नै होला तिम्रो र मेरो गीत
कस्तो साइनो बाँधी ल्यायौ
भन मेरो सानो मित
कस्तो साइनो बाँधी ल्यायौ
भन मेरो सानो मित
माया बसेछ मितेरी साइनोमा
साइनोको लाली आज फैलिएछ आकाशमा
अँध्यारो मन आज फर्किएछ प्रकाशमा
साइनोको लाली आज फैलिएछ आकाशमा
अँध्यारो मन आज फर्किएछ प्रकाशमा
तिमीलाई नै भेटी फेरि जीवन पाएँ
कस्तो साइनो बाँधी ल्यायौ
भन मेरो सानो मित
कस्तो साइनो बाँधी ल्यायौ
भन मेरो सानो मित
सुन कथा एउटा गीत
हार मेरो हो कि जीत
कस्तो साइनो बाँधी ल्यायौ
भन मेरो सानो मित
कस्तो साइनो बाँधी ल्यायौ
भन मेरो सानो मित
माया बसेछ
मितेरी साइनोमा
माया बसेछ
मितेरी साइनोमा
शब्दः कुसुम गजमेर र डेनि डेन्जोङ्पा
संगीतः रञ्जीत गजमेर
स्वरः डेनि डेन्जोङ्गपा
चलचित्रः साइनो