सुन भनन….

सुन भनन
जून हेरन
कस्तो शीतल
तिम्रो छायाँको
एउटै सहारा तिम्रै मायाको
सुन भनन
जून हेरन
कस्तो शीतल
तिम्रो छायाँको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको

सावन बादलको नाता बर्खे झरीजस्तै
दिन र रात एक हुने सिन्दुरी साँझजस्तै
सावन बादलको नाता बर्खे झरीजस्तै
दिन र रात एक हुने सिन्दुरी साँझजस्तै
सुन भनन
फूल पात
जस्तो साथ
हाम्रो मनको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको

फुल्दछ फूलहरू आफै आफ्नै रहर बनि
डाँडा काँडा पहाड पर्वत शहर बनि बनि
फुल्दछ फूलहरू आफै आफ्नै रहर बनि
डाँडा काँडा पहाड पर्वत शहर बनि बनि
गीत सुर
जीत हार
यस्तै गाथा
तिम्रो हाम्रो
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको
एउटै सहारा तिम्रै मायाको

शब्द/संगीतः रञ्जीत गजमेर
स्वरः उदित नारायण झा र दीपा झा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!