सुन चाँदी भन्दा महंगो यो ज्यानलाई
साचेर पो राख्यौ कि कसो
नौलो छ जवानी उमङ्ग छ नौलो
मनको कुरा खोलेर नै दिऊँ कि कसो
अर्काको के हो, के हो मन?
अल्लारे छैन मरो मन
सुन चाँदी भन्दा
यो जवानी त मस्त मस्ती नै हो
लाउने माया पनि त्यस्तै त्यस्तै नै हो
यो जवानी त मस्त मस्ती नै हो
लाउने माया पनि त्यस्तै त्यस्तै नै हो
के छ भोलिलाई भन्नु यहाँ,
यो होडमा कहाँ कसले होऽऽऽ जित्ने हो
सुन चाँदी भन्दा
भो भो जिस्क्याउनु पर्दैन भो
अल्लारे बैस चैँ त्यस्तै त्यस्तै नै हो
भो भो जिस्क्याउनु पर्दैन भो
अल्लारे बैस चैँ त्यस्तै त्यस्तै नै हो
के छ विश्वास कसलाई यहाँ
जीवन त एकै छिनको भूल मात्रै हो
सुन चाँदी भन्दा महंगो यो ज्यानलाई
साचेर पो राख्यौ कि कसो
नौलो छ जवानी उमङ्ग छ नौलो
मनको कुरा खोलेर नै दिऊँ कि कसो
अर्काको के हो, के हो मन?
अल्लारे छैन मरो मन
सुन चाँदी भन्दा
शब्द/संगीत: प्रकाश गुरुङ
स्वर: ओम विक्रम बिष्ट र सुक्मित गुरुङ