सोधूँ सोधूँ लाग्छ तिमीलाई
केही कुरा साउती गरेर
ढाटूँ ढाटूँ लाग्छ तिमीलाई
भागी भागी टाढा गएर
सोधूँ सोधूँ लाग्छ तिमीलाई
लौन नि मेरो होश हरायो
छेऊमा तिम्रो बस्न देऊ
पागल जस्ता आँखाहरूलाई
ओठमा तिम्रो अल्झिन देऊ
राखूँ राखुँ लाग्छ तिमीलाई
दिलभित्र माया गरेर
ढाटूँ ढाटूँ लाग्छ तिमीलाई
भर्खर नौलो घाम छरियो
अब मलाई छल्न नखोज
फूलहरूले हेरिरहेछन्
यसरी जिस्की चल्न नखोज
बिर्सूँ बिर्सूँ लाग्छ तिमीलाई
आज किन सम्झिरहेर
सोधूँ सोधूँ लाग्छ तिमीलाई
शब्दः किरण खरेल
संगीतः अम्बर गरूङ
स्वरः तारा देवी र अम्बर गरूङ