सिरीमा सिरी नि कान्छा बतासै चल्यो
बाबरी फूलको बासन सुन मेरो निर्माया
मायालु आयो नि कान्छा फाल र हान्दै
नबोले पनि हाँस न सुन मेरो निर्माया
ढुङ्गाको छानो नि कान्छी टिनको छानो
नौतले घरको बाँहसम्म सुन मेरी निर्माया
तिम्रो र हाम्रो नि कान्छी भेट र घाटैमा
यो मया लैजाऊँ कहाँसम्म? सुन मेरी निर्माया
उकाली ज्यानको त्यो चिसो पानी गोगनपाते पिऊँला
फूल गाँसेर देउतालाई दिऊँला जोवन कल्लाई दिऊँला?
बाढीमा आयो नि कान्छा मर्स्याङ्दी गङ्गा
वारि है पिपल पारि वर सुन मेरो निर्माया
नमरी बाँचे नि कान्छा कालले साँचे
त्यो माया लाऊँला जनमभर सुन मेरो निर्माया
दिनै र भरि घाँसै र काट्यो कोइरालो र टाँकी
आधी र बैँस यसै र गयो आधी रह्यो खाली
घासै र काट्यो नि कान्छी गोगनेडाली
सेपिलो ठाउँमा साप होला सुन मेरी निर्माया
बोलेर मात्रै नि कान्छी के फाइदा हुन्छ?
रिसानी भए माफ होला सुन मेरी निर्माया
मायालु आयो नि कान्छा फाल र हान्दै
नबोले पनि हाँस न सुन मेरो निर्माया
तिम्रो र हाम्रो नि कान्छी भेट र घाटैमा
यो माया लैजाऊँ कहाँसम्म? सुन मेरी निर्माया
सुन मेरो निर्माया
सुन मेरी निर्माया
सुन मेरो निर्माया
सुन मेरी निर्माया
शब्दः धर्मराज थापा
सङ्गीतः ज्ञानु राणा
स्वरः नारायण गोपाल र ज्ञानु राणा