सय र पत्री फूलै र फुल्यो बाबाको बारीमा
अचेलभरि हृदय मेरो डाँडाको पारिमा
डाँडाको बारीमा
बिहानीपख टिपुँला फूल राखुँला पोल्टामा
बिहानीपख टिपुँला फूल राखुँला पोल्टामा
दिनै र भरि गुथुँला माला एकान्त कोल्टामा
एकान्त कोल्टामा
बाबाले सोधे भनुँला फूल देउतालाई टिपेकी
आमाले सोधे भनुँला माला बनाउन सिकेकी
बनाउन सिकेकी
दिदी र बैनीहरूले सोधे म खाली हाँसुँला
दिदी र बैनीहरूले सोधे म खाली हाँसुँला
बिलह गीत गाएर माला गाँस्न त गाँसुँला
गाँस्न त गाँसुँला
शब्दः माधव घिमिरे
संगीतः अशोक राई
स्वरः दावा ग्याल्मो