सावनबिना……

सावनबिना गगनको जो आँशु दुःखको झर्छ
सावनबिना गगनको जो आँशु दुःखको झर्छ
कारणबिना यसै जो माया गहिरो बस्छ
बुझ्नेहरूमा नौलो ज्ञान जागिरहने
बुझ्नेहरूमा नौलो ज्ञान जागिरहने
नबुझ्नेलाई यही नै बुझिरहुँ लागिरहने
सावनबिना

तकलिफबिना जो तस्वीर आँखामा छाई बस्छ
सोचाईबिना जो मनमा मुर्ति त्यो ढल्न पुग्छ
बुझ्नेहरूको धर्ति नुतन जीवनले ढाक्ने
बुझ्नेहरूको धर्ति नुतन जीवनले ढाक्ने
नबुझ्नेलाई केवल बाँचिरहुँ झै लाग्ने
सावनबिना

हाँसोबिना जो हँसिलो खुशीले समाई दिन्छ
शब्दैबिना जो ध्वनिले स्वर्गै खनाई दिन्छ
बुझ्नेहरूको निम्ति अनुभव छ ती व्यवहारिक
बुझ्नेहरूको निम्ति अनुभव छ ती व्यवहारिक
नबुझ्नेलाई केवल सम्झिरहुँ झै खाली
सावनबिना गगनको जो आँशु दुःखको झर्छ
कारणबिना यसै जो माया गहिरो बस्छ
सावनबिना

शब्दः जि. शाह
सङ्गीत: शिव शंकर
स्वरः दिपक खरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!