सारङ्गीको तारले मेरो मनको गीत गाउँछ
लेकदेखि बेसी सम्म गाइने मीत लाउँछ
राजै गाइने मीत लाउँछ
सारङ्गीको तारले मेरो मनको गीत गाउँछ
लेकदेखि बेसी सम्म गाइने मीत लाउँछ
राजै गाइने मीत लाउँछ
मेरै स्वरमा मेरै गाउँ र बस्तीको कथा
सुनाइ हिँड्छु लडाइ र पिरतीको कथा
मेरै स्वरमा मेरै गाउँ र बस्तीको कथा
सुनाइ हिँड्छु लडाइ र पिरतीको कथा
फूल रोए शीत हुन्छ मैल रोए गीत
सारङ्गीको धुन मात्रै गाइनेको जीत
राजै गाइनेको जीत
सारङ्गीको तारले मेरो मनको गीत गाउँछ
लेकदेखि बेँसी सम्म गाइने मीत लाउँछ
राजै गाइने मीत लाउँछ
रानीवनको डाँफे मुनालसँग झुली हिँड्छु
पहाडको रनवन डुली डुली हिँड्छु
रानीवनको डाँफे मुनालसँग झुली हिँड्छु
पहाडको रनवन डुली डुली हिँड्छु
सारङ्गीमा गाउँदै हिँड्दा मलाई माग्ने भन्छ
आफ्नै दाजुभाइले मलाई नाचिनेझैँ गर्छ
राजै नाचिनेझैँ गर्छ
सारङ्गीको तारले मेरो मनको गीत गाउँछ
लेकदेखि बेसी सम्म गाइने मीत लाउँछ
राजै गाइने मीत लाउँछ
राजै गाइने मीत लाउँछ
राजै गाइने मीत लाउँछ
राजै गाइने मीत लाउँछ
राजै गाइने मीत लाउँछ
शब्द/सङ्गीतः लालबहादुर खाती
स्वरः कुमार सुब्बा