सारा दिन अरूलाई बाँडेँ, सायद यी रात मेरा
मेरा सुखहरू अरूको, सायद यी आँशु मेरा
मेरा सुखहरू अरूको, सायद यी आँशु मेरा
सारा दिन अरूलाई बाँडेँ
बिर्सेर कहिलेकाहीँ दुई चार चोटी हाँसेँ
बिर्सेर कहिलेकाहीँ दुई चार चोटी हाँसेँ
ताराहरूलाई नाघी फूललाई म्वाइँ खाएँ
सायद ती गल्ती मेरा, सायद ती तारा मेरा
मेरा सुखहरू अरूको, सायद यी आँशु मेरा
मेरा सुखहरू अरूको, सायद यी आँशु मेरा
सारा दिन अरूलाई बाँडेँ
फूलको सुगन्ध पाउँदा कही सुखको सास फेरेँ
डुबिरहेको बेला पराल समाई हेरेँ
सायद किनार अरूको, गहेराई सायद मेरा
मेरा सुखहरू अरूको, सायद यी आँशु मेरा
मेरा सुखहरू अरूको, सायद यी आँशु मेरा
सारा दिन अरूलाई बाँडेँ
शब्दः ईश्वर वल्लभ
संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल