सपना हो यो भनेदेखि सपनीमै मरूँ
सपना हो यो भनेदेखि सपनीमै मरूँ
अर्को जन्म पाएँ भने तिमीसँगै परूँ
तिमीसँगै परूँ
सपना हो यो भनेदेखि सपनीमै मरूँ
एउटा जून आकाशमा एउटा मेरो काख
जिन्दगीको पुग्यो धोको दैव दियौ लाख
हाम्रो माया साँचो भए यसको लाज राख
यसको लाज राख
सपना हो यो भनेदेखि सपनीमै मरूँ
जता हेर्छु उतै तिमी मेरी वरिपरि
निदरीमा झझल्कोले उठ्छु घरिघरि
तिमीबिना आँखा हुन्छ साउनको झरी
साउनको झरी
सपना हो यो भनेदेखि सपनीमै मरूँ
जीवन मेरो के पो होला बिना तिम्रो माया
तिमी जान्छौ जतातिर उतै लाग्छु छायाँ
एकै मन एकै मुटु दुई हाम्रो काया
दुई हाम्रो काया
सपना हो यो भनेदेखि सपनीमै मरूँ
तिम्रो बेला मनमा बज्छ नरेटेरै पनि
तिम्रो बेला मनमा बज्छ नरेटेरै पनि
टाढै देख्दा प्यास मर्छ नभेटेरै पनि
नभेटेरै पनि
सपना हो यो भनेदेखि सपनीमै मरूँ
सपना हो यो भनेदेखि सपनीमै मरूँ
अर्को जन्म पाएँ भने तिमीसँगै परूँ
तिमीसँगै परूँ
सपना हो यो भनेदेखि सपनीमै मरूँ
शब्दः यादव खरेल
संगीतः शम्भुजीत बास्कोटा
स्वरः अनुरूधा पौड्याल र भुपेन्द्र सिंह
चलचित्रः प्रेमपिण्ड