सपना देख्नु अघि बीचमै निद खुल्यो
पुरानो घाउ फेरि नयाँ भएर उठ्यो
नयाँ भएर उठ्यो
सपना देख्नु अघि
शरदमै पोल्छ किन यो नीलो जून पनि
शरदमै पोल्छ किन यो नीलो जून पनि
आँखाको नानीभरि बादल फैलिदियो
बादल फैलिदियो
सपना देख्नु अघि
रोकिन खोज्छ किन यो धुकधुकी नै पनि
रोकिन खोज्छ किन यो धुकधुकी नै पनि
मुटुमा गाँठो परि वेदना चस्किरह्यो
वेदना चस्किरह्यो
सपना देख्नु अघि बीचमै निद खुल्यो
पुरानो घाउ फेरि नयाँ भएर उठ्यो
नयाँ भएर उठ्यो
सपना देख्नु अघि
शब्द: रत्नशम्शेर थापा
संगीत: नातीकाजी
स्वरः योगेश वैद्य