सपना भयो यो विपना
आशा भयो निराशा
सपना भयो यो विपना
आशा भयो निराशा
विश्वास भयो अविश्वास
जीवन भयो तमाशा
सपना भयो यो विपना
आशा भयो निराशा
शङ्काको ज्वार उठ्दा माया ढलिरहेछ
शङ्काको ज्वार उठ्दा माया ढलिरहेछ
निस्वासको लगातार आँधी झेलिरहेछ
बदली यी सृष्टी कहिले प्रेमको अपूर्व ढाँचा
विश्वास भयो अविश्वास
जीवन भयो तमाशा
सपना भयो यो विपना
आशा भयो निराशा
आँखामा बाध्यताको सागर छछल्किदै छ
आँखामा बाध्यताको सागर छछल्किदै छ
मुटुमा बेहोशीको आगो सल्किँदै छ
को साथ छ बुझ्न गहिरो दिलको मधुर भाषा
विश्वास भयो अविश्वास
जीवन भयो तमाशा
सपना भयो यो विपना
आशा भयो निराशा
विश्वास भयो अविश्वास
जीवन भयो तमाशा
सपना भयो यो विपना
आशा भयो निराशा
शब्दः कृष्णहरि बराल
सङ्गीतः नातिकाजी
स्वरः मिलन चख्खु