सँगालिएका हरेक प्रेमका बुँदाहरू, बुँदाहरू
हराएका केही अतितका
हराएका केही अतितका विन्दुहरू, विन्दुहरू
कहाँ कहाँ अँगालेर मुटुभित्र पस्छ
रगतको नशाभित्र बगेर पुग्छ
बगेर पुग्छ, बगेर पुग्छ
प्रेमका विन्दुहरूले जब
प्रेमका विन्दुहरूले जब ढुकढुकी घच्घच्याउँछन्
हरेक सासले तिम्रो थोरै माया खोज्छन्
थोरै माया खोज्छन्, थोरै माया खोज्छन्
यी माया र विश्वासको
यी माया र विश्वासको जोडी ठहराउँदै
एक अर्काको मुटुभित्र गहिरो छाप लगाई दिन्छन्
सँगालिएका हरेक प्रेमका बुँदाहरू, बुँदाहरू
शब्दः सोहनी शाह
संगीतः शम्भजीत बास्कोटा
स्वरः दिपक खरेल