सँगाल घुम्टोहरू……….

सँगाल घुम्टोहरू, सजाऊ केशहरू
म आँए आँधी बोकेर, सम्हाल डेगहरू
सँगाल घुम्टोहरू, सजाऊ केशहरू
म आँए आँधी बोकेर, सम्हाल डेगहरू

आँधीले उडाइदेला लाजका ती पर्दाहरू
बतासले खोसिदेला ओठका ती हाँसोहरू
यो आँधीलाई ख्याल सम्झी नछोड दृष्टिहरू
आँखा मै सुकिजाला लुकेका बृष्टिहरू
म आँए आँधी बोकेर, सम्हाल डेगहरू
सँगाल घुम्टोहरू, सजाऊ केशहरू
म आँए आँधी बोकेर, सम्हाल डेगहरू

भाग्छ जो भाग्नदेऊ लिएर ज्यथाहरू
गाउँछु म सुसेलीमा भरीलाई व्यथाहरू
म आएँ आफ्नै भनि बोकेर चिनोहरू
लुकाऊ प्यारा प्यारा कलिला वैशहरू
म आँए आँधी बोकेर, सम्हाल डेगहरू
सँगाल घुम्टोहरू, सजाऊ केशहरू
म आँए आँधी बोकेर, सम्हाल डेगहरू

शब्दः नगेन्द्र थापा
संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!