सँगै हुँदा तिमी र म परेको त्यो झरी
सँगै हुँदा तिमी र म परेको त्यो झरी
पर्दैछ फेरि त्यही झरी यादमा त्यसै गरी
सँगै हुँदा
तिमीसँग रुझ्दाँ किन लाग्छ अझै रुझुँ
तिमीसँग रुझ्दाँ किन लाग्छ अझै रुझुँ
जिन्दगीलाई लाग्छ आफ्नै अर्थमा बुझुँ
जलविन्दु ती ओठहरूमा फूलमा शीतसरि
सँगै हुँदा
चम्किदाँ बिजुली तर्सी अँगालोमा आउँथ्यौ
चम्किदाँ बिजुली तर्सी अँगालोमा आउँथ्यौ
पलभरमै थाहै नपाई ममा हराउँथ्यौ
कहाँ छौ खै म त यहीँ एक्लै रुझ्दैछु त्यही झरी
सँगै हुँदा तिमी र म परेको त्यो झरी
पर्दैछ फेरि त्यही झरी यादमा त्यसै गरी
सँगै हुँदा
शब्दः विजय शिवाकोटी
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल